Comments Add Comment

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाप्रति मजदुरको असन्तुष्टि

२६ जेठ, काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्न बनाइएको निर्देशिकाले सरकार र यातायात व्यसायीहरुको स्वार्थका विषयलाई मात्रै समेटिएको भन्दै यातायात सम्बद्ध ट्रेड युनियनहरुले आपत्ति जनाएका छन् ।

निर्देशिकामा चालक, सहचालक वा परिचालकहरुको सुरक्षा, उनीहरुको कोरोना बिमालगायतका विषय उल्लेख नगरिएको भन्दै युनियनहरु असन्तुष्ट भएका हुन् ।

सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले निर्देशिका बनाएको थियो । तर, यातायात मजदुरहरुका प्रतिनिधिहरुलाई थाहै नदिनु दुर्भाग्य भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘ज्यान जोखिममा राखेर काम गर्ने चालक, सह चालक, परिचालक, टिकट काट्ने, लोड अनलोड गर्ने मजदुरहरुका बारे बेवास्था गरिएको छ,’ अध्यक्ष राईले भने ।

यस्तै नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले व्यवसायी र सरकारी स्वार्थका लागि मजदुर प्रतिनिधिलाई बाइपास गरिनुले दुर्घटना निम्त्याउने बताए ।

सरकार र व्यवसायीले मजदुरहरुलाई पुनः छलफलमा राखेर मजदुरहरुका विषय सम्बोधन नगरे तीनवटै संगठनहरुको तर्फबाट निर्णयको अवज्ञा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment