Comments Add Comment

सरसफाइप्रति अलफ्ट काठमाडौंको प्रतिबद्धता

२६ जेठ, काठमाडौं। अलफ्ट काठमाडौं ठमेलले कोभिड-१९ संक्रमणले बनाएको विषम परिस्थितिमा होटलले पाहुना र सदस्यलाई मध्यनजर गदै अतिरिक्त स्वास्थ्य सुरक्षा र हाइजीन सुरक्षाको नयाँ निर्देशिका अवलम्बन गरेको छ ।

पाहुना, ग्राहक, सदस्यलगायललाई स्वास्थ्य तथा वातावरण कायम गर्नका लागि होटलले हस्पिटलस्तरको डिसइन्फेक्सन र सरसफाइ निर्देशिका अवलम्बन गरेको हो। मेररयोट इन्टरनेसनलअन्तर्गत वि केयर प्रोग्राम अन्तर्गत विश्व स्वास्थ्य संगठन र इमर्जिङ प्याथोजेन पोलिसीको सिफारिसअनुसार यो निर्देशिका अवलम्बन गरिएको हो ।

नयाँ पुस्ताका टेक-स्याभी ट्राभलरलाई प्राथमिकता दिँदै अलफ्ट काठमाडौंले कन्ट्रयाक्टलेस मोबाइल चेक-इन, चेकआउट, मोबाइल-कि रूम, रुम सर्भिस, अर्डरलगायतको सुविधा दिनेछ । डिजिटल मेनु, कन्ट्रयाक्ट फ्रि डिजिटल पेमेन्टलगायतको प्रणाली पनि जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment