Comments Add Comment

डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

जेठ २६, डोटी । आइतबार डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

जिल्लाको केआईसिंह गाउँपालिका-३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा आइतबार राति करिब ३ बजे १९ वर्षीय युवकको मुत्यु भएको थियो । भारतको लुदियानाबाट १९ गते डोटी पुगेका उनी गाउँपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनको मृत्युपछि आरटी-पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी सुदूरपश्चिम प्रदेश प्रयोगशाला धनगढी पठाइएको थियो । सोमबार आएको परीक्षणको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

मृत्यु भएका युवक लामो समयदेखि मुटुको रोगी रहेको र उपचारकै क्रममा भारत गएर फर्केको बुझिएको छ ।

उक्त क्वारेन्टिनमा उनीसँगै बसेका १० जना छन् । जसमा तीन महिला छन् । उनीहरुको पनि पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

‘मृतकको स्वाबको नतिजा नेगेटिभ आएको छ,’ मलासीले भने, ‘उनीसँगै उक्त क्वारेन्टिनमा रहेका अन्य १० जनाको पनि स्वाब संकलन पठाइएको थियो । उहाँहरूको रिपोर्ट आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment