Comments Add Comment

लक्षण नभएका कोरोनाका बिरामीबाट संक्रमण सर्नु ‘दुर्लभ’ : डब्ल्यूएचओ

२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) को लक्षण नदेखिएका बिरामी (एसिम्प्टोम्याटिक)बाट स्वस्थ मानिसमा यो रोग सर्नु ‘दुर्लभ’ रहेको बताएको छ ।

जेनेभामा प्रेस बि्रफिङको क्रममा सोमबार डब्ल्यूएचओकी टेक्निकल लिड मारिया भान केरखोभले कहिल्यै पनि लक्षण नदेखिएका संक्रमित वा लक्षण देखिनुभन्दा पहिलाका संक्रमितले अरुलाई यो रोग नसारेको पाइएको बताएकी हुन् ।

डब्ल्यूएचओसँग उपलब्ध डेटा अनुसार अहिलेसम्म यस किसिमको संक्रमण दुर्लभ देखिएको केरखोभले बताएकी हुन् । उनले डब्ल्यूएचओसँग विस्तृतरुपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको तथ्यांक रहेको बताएकी छिन् । यसमा लक्षण नदेखिएका बिरामीको सम्पर्कमा आएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण निकै कम मात्र देखिएको कारखोभले बताइन् । यो प्रश्नको वास्तविक जानकारी दिनको लागि यस विषयमा डब्ल्यूएचओले थप अध्ययन गरिरहेको उनको भनाइ छ ।

वैज्ञानिकहरुले भने लक्षण नदेखिएका बिरामीहरुबाट पनि यो रोगको संक्रमण फैलिने बताउँदै आएका छन् । चीनको बेइजिङमा रहेको सिंघुवा युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धनकर्ता बाबाक जाभिदका अनुसार ताइवान र जर्मानीको पहिलो चरणको संक्रमणबारे गरिएको अध्ययनमा लक्षण नदेखिएका बिरामीबाट हुने संक्रमण ‘दुर्लभ’ देखिएको थियो तर अन्य अध्ययनले भने लक्षण नदेखिएका संक्रमितबाट पनि यो रोग फैलिन सक्ने देखाएका थिए ।

जर्मनीमा गरिएको अर्को एक अध्ययनमा लक्षण देखिनुभन्दा एक दिनअघि वा लक्षण देखिने दिन अर्को मानिसमा कोरोना भाइरसको संक्रमण सरेको पाइएको जाभिदले बताए ।

विभिन्न क्षेत्रमा गरिएको अध्ययनको विवरणले पनि लक्षण देखिनु पहिला नै यो कोरोना भाइरस (सार्स-कोभ-२) अर्को मानिसमा सर्ने गरेको पुष्टि गरिसकेको जाभिदले बताए ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment