Comments Add Comment

प्रतिनिधिसभाको कार्यसूचीबाट बजेट पारितको विषय हट्यो

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको बजेटको मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन नभ्याउने भनेपछि मंगलबारको प्रतिनिधिसभाको कार्यसूचीबाट बजेट पारितको विषय हटेको छ ।

सोमबार नै बजेट पारित गर्ने सम्भावित: कार्यसूची तय भएको थियो । मंगलबार पनि सम्भावित कार्यसूचीमा राखेर हटाइएको छ ।

संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीले जवाफ दिन नभ्याउने भनेपछि कार्यसूचीबाट बजेट पारितको कार्यसूची हटेको हो । अब प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयअन्तर्गतको शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारित हुनेछ ।

बजेट पारित गर्ने कार्यसूची हटेको भए पनि नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीले निरन्तरता पाएको छ । संसदमा मंगलबार नै उक्त विधेयकमाथि सैद्धाान्तिक छलफल समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment