+
+

एनएमबिको भाइबर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १३:५४

२७ जेठ, काठमाडौं ।  एनएमबी बैङ्कले भाइबर र म्यासेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैङ्किङ कारोबारमा १० प्रतिशत छुट वा ५०० सम्मको नगद फिर्ता योजना ल्याएको छ।  दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप-अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ।

यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकका लागि सावधानीपूर्वक मोबाइल बैङ्किङ सेवाहरू प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

डिजिटल बैङ्किङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैङ्कको प्राथमिकता रहेको छ र हामी घरमै बसी ढुक्कसँग बैङ्किङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना ग्राहकलाई बैङ्किङ्ग अनुभवहरू परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताविना ग्राहकवर्गलाई वित्तीय सेवाहरू छनौट गर्न सहयोग पुर्‍याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?