Comments Add Comment

कोरोना नियन्त्रणबारे ध्यानाकर्षण गराउन कांग्रेस नेताहरु बालुवाटार जाँदै

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो ।

सरकारको ध्यानाकर्षण गराउन पौडेल नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जान लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोनाको महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि ध्यानाकर्षण गराउने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment