Comments Add Comment

‘चिनी कम रंग कडा’को लिरिकल भिडियो सार्वजनिक

विवेक घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘चिनी कम रंग कडा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । मानव सुवेदी र सुशिल सुवेदीको शब्द रहेको गीतमा मानवकै स्वर छ ।

गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको यो चलचित्रलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी गरिएको छ । यो चलचित्रको टिजर सार्वजनिक भैसकेको छ ।

यो चलचित्रमा मानव सुवेदी, सुशिल सिटौला, अनु थापा, सूर्य थापा, रविनजंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुवेदीको पाश्र्व संगीत, कृष्ण भण्डारीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment