+
+

छिमेक लघुवित्तको बचत तथा ऋणको किस्ता इ-सेवाबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १८:४५

२८ जेठ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इ-सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आबद्ध गर्दै लगेको इ-सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ-सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरे ।

इ-सेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इ-सेवा एकाउन्ट नभएका सदस्यले नजिकको इ-सेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । योसँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ।

लघुवित्तको अनलाइन भुक्तानीबारे इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘ग्रामीण क्षेत्रमा रहेका लघुउद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको छ । यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो । हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नुहुनेछ।’

आफ्ना सदस्यलाई अनलाइन भुक्तानीको सुविधा दिन सुरू गरिएकोबारे छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले भने, ‘अहिलेको डिजिटाइजेसनको जमानामा क्यासलेस कारोबारका लागि इ-सेवासँगको सहकार्यले निकै फाइदा पुर्‍याउनेछ ।

सदस्यहरूले घरबाटै कारोबार गर्न सक्नेभएपछि उनीहरूको समय र यातायात खर्च पनि बचत हुने भयो। भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनीकरण हुने भयो । यस किसिमको डिजिटल भुक्तानीबाट संस्थाको लागत पनि घटाउने भएकाले डिजिटल भुक्तानीले सबैलाई सहज बनाउनेछ।’

इ-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इ-सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इ-सेवामा हाल ४९ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैङ्कबाट इ-सेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?