Comments Add Comment

सुदूरपश्चिममा थप ६ जनामा संक्रमण

२८ जेठ, कैलाली । सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकामा २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ । अहिले सम्म कैलालीका ६०, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment