Comments Add Comment

आमिरको ‘लाल सिंह चड्ढा’मा कोरोनाको संकट देखाइने

नायक आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ यो वर्षको क्रिसमसमा रिलिज नहुने पक्का भएको छ । अब आउँदो वर्ष मात्र यो चलचित्रको रिलिज गरिनेछ ।

यसैबीच यो चलचित्रको निर्माणपक्षले अब आफ्नो कथामा कोरोना भाइरसको संकटलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

यो चलचित्रले सन् १९४७ पछि भएका केही ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । यसैले पनि यो चलचित्रको मेकर्सलाई कोरोनाको कथा समावेश नगर्दा चलचित्र अपुरो हुने लागेपछि कथामा नयाँ विषय थप्न लागिएको हो।

लकडाउन हटेपछि कथामा नयाँ विषय थप गरेर छायांकन सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । लकडाउन अगाडि यो चलचित्रको छायांकन भारतको चण्डिगढमा भइरहेको थियो ।

यो एक हलिउड चलचित्रको आधिकारिक रिमेक हो । अद्वेत चन्दनको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा आमिरको साथमा नायिका करिना कपुरको मुख्य भूमिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment