Comments Add Comment

पाल्पा जाँदै गरेको ट्याक्सी तिनाउमा खस्यो

३० जेठ, बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी पाल्पाको माथिल्लो सिद्धबाबास्थित सडकबाट तिनाउ खोलामा खसेको छ ।

लु१ज ४०९३ नम्बरको ट्याक्सी शुक्रबार दिउँसो करिब तीन बजे तिनाउ खोलामा खसेको हो । गुड्दै गरेको ट्याकसी सडकबाट करिब दुई सय मिटर तल खस्दा ट्याकसी चालक गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकाश अर्याल गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्याक्सीमा एकजना मात्र सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment