Comments Add Comment

सुदूरपश्चिममा थपिए ९ संक्रमित

३२ जेठ, कैलाली । आइतबार सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना, अछामका ३ जना र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

संक्रमितमध्ये ९ जना मध्ये ७ जना पुरुष र २ जना महिला रहेको श्रेष्ठले बताए ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment