Comments Add Comment

सुर्खेतमा आरडीटी परीक्षण गरेर ४९२ जनालाई घर पठाइयो

३२ जेठ, सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले क्वारेन्टिनमा रहेका चार सय ९२ जनालाई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेर घर पठाएको छ ।

भारत तथा नेपालका विभिन्न ठाउँबाट आएर तीन हप्तादेखि क्वारेन्टिनमा बसेका उनीहरुलाई आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद आचार्यले जानकारी दिए ।

उनीहरुलाई एक साता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको उनले बताए ।

संक्रमण समुदायमा फैलिने डर

पाँच दिनअघि चिंगाड गाउँपालिका– २ को जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका १ सय ६६ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो ।

ती ७ जनालाई क्वारेन्टिनमा राखेर १ सय ५९ जनालाई घर पठाइएको थियो । दोस्रो दिन गाउँपालिकाले आरडीटी पोजेटिभ देखिएका ७ जना, केही स्वास्थ्यकर्मी र क्वारेन्टिनबाट घर पठाइएका भएपनि जनप्रतिनिधिका नजिकका मान्छेहरु सहित ४९ जनाको पीसीआर परिक्षण गर्दा दुई जना स्वास्थकर्मीसहित ५ जनाको रिपोर्ट पोजेटिभ आयो ।

आरडीटी रिपोर्ट नेगेटिभ आएकाहरुको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएपछि गाउँमा त्रास बढेको छ । आफूहरुको पीसीआर परीक्षण गर्न माग गरे पनि गाउँपालिकाले नसुनेको घर जानेहरुको गुनासो छ । सात दिन होम क्वारेन्टिमा बस्ने गरी घर पठाइएका ती १ सय ५९ जनामध्ये कतिपय गाउँमा घुमेका छन् ।

जनता माविका शिक्षक खड्क खत्री भन्छन्, ‘विद्यालयको क्वारेन्टिनसंग जोडिएका १५/२० वटा घरहरु छन् । गाउँमा त्रास बढेको छ । हामीले गाउँलेको पनि पीसीआर परीक्षण गर्न गाउँपालिकासँग माग गरेका छौं तर सुन्दैन ।’

पीसीआर गर्न सक्दैनौं – गाउँपालिका

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद देवकोटाले भने क्वारेन्टिनमा भएका सबैको पीसीआर परीक्षण गर्न नसकिने बताए । उनले भने, ‘हामी पीसीआर परीक्षण नै गर्न चाहान्छौ । आरडीटीभन्दा पीसीआर भीटीएम किट तीन गुना सस्तो पर्छ ।विश्वसनीय पनि छ तर रिपोर्ट समयमा आउँदैन समस्या छ ।’

प्रमुख प्रशासकीय अधिकृत देवकोटाका अनुसार गाउँपालिका ८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment