Comments Add Comment

अस्पतालमा बेडको अभाव पूरा गर्न दिल्लीलाई ५०० रेलवे कोच दिइने

३२ जेठ, काठमाडौं । भारतको सरकारले दिल्लीका अस्पतालमा देखिएको बेडको अभाव पूरा गर्न तत्काल पाँच सय रेलवे कोच दिने भएको छ । यो रेलवे कोचले दिल्लीमा आठ हजार बेड बढ्ने भारतीय गृहमन्त्री अमित शाहले बताएका छन् । उनले अहिले दिल्लीलाई दिन लागिएको रेलवे कोच कोरोना संक्रमणबाट बच्नको लागि आवश्यक सबै सुविधासम्पन्न हुने बताएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँगको बैठकपछि सरकारले दिल्लीलाई उक्त रेलवे कोचहरु दिने निर्णय गरेको हो । बैठकपछि केजरीवालले पनि सामाजिक सञ्जाल ट्विटरमा दिल्ली र सरकारको बीचमा भएको वार्ता सफल भएको प्रतिक्रिया दिएका छन् ।

गृहमन्त्री शाहले दिल्लीमा सबैभन्दा धेरै संक्रमण फैलिएको क्षेत्रमा सबै मानिसको सर्वे गरिने र यसको रिपोर्ट पनि एक सातामा आउने बताएका छन् । साथै त्यहाँका सबै मानिसलाई आरोग्य सेतु एक डाउनलोड गर्न लगाइने उनको भनाइ छ ।

अमित शाहले दिल्लीलाई आवश्यक अक्सिजन सिलिण्डर, भेन्टिलेटर, पल्स ओक्सिमिटर र अन्य सबै आवश्यकता पूरा गर्ने आश्वासन दिएको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment