Comments Add Comment

झापामा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

१ असार, झापा । झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन्।

प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका बेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुर्व्यवहारको कसुर अन्तर्गत् म्याद थप गरिएको छ । उनले भने, ‘जिल्ला अदालत झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment