Comments Add Comment

आमेष लेख्छन्–‘राम्रो फिल्म नपाएर कोही डिप्रेशनमा नजाओस्’

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि श्रद्धाञ्जली दिइरहेका छन् । कतिपय कलाकारले भने डिप्रेशनको बिषयमा पनि आफ्नो भनाई राखिरहेका छन् ।

नायक आमेष भण्डारीले भने लामो स्टाटस लेख्दै राम्रो चलचित्र नपाएर कोही पनि डिप्रेशनमा नजाओस् भनेर लेखेका छन् ।

आमेषले लेखेका छन्–‘मेरो अनुरोध यो छ कि, यहाँ ग्रुपिज्म हुन्छ । मानिसहरुले प्राथमिकतामा राखेर काम गर्छन् । तर जो सक्षम कलाकार छन्, जो यही क्षेत्र नै परिवार हो भनेर जीवन यसमै विताइरहेका छन् । उनीहरुलाई कहिले पनि कामको खाँचो नहोस् । पैसा नपाएर कसैले आत्महत्या नगरुन् । राम्रो चलचित्र नपाएर कोही पनि डिप्रेशनमा नजाओस् ।’

आमेषले, चलचित्र क्षेत्रलाई परिवार मान्ने हो भने एक अर्कालाई हेर्न जरुरी रहेको पनि उल्लेख गरेका छन् ।

एक अर्कालाई सहयोग नगर्ने हो भने चलचित्रलाई परिवार भनेर भन्नुको अर्थ नभएको उनको भनाई छ । आमेषले आफ्नो परिवारले आफूलाई कहिले पनि अभाव हुन नदिएकाले पनि चलचित्र खेले पनि नखेलेपनि आफूलाई डिप्रेशन नहुने बताएका छन् । उनले, जीवन जिउनका लागि आफूले पारिवारिक व्यापार गरिरहेको र मिहिनेत गरेको उल्लेख गरेका छन् ।

आमेष चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । यसपछि उनले चलचित्र ‘मेला’मा काम गरेका थिए । अहिले उनी चलचित्र भन्दा पनि आफ्नै पारिवारिक व्यापारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment