Comments Add Comment

कपिलवस्तु कारागारको सुरक्षा जिम्मा सेनालाई

१ असार, बुटवल । कोरोनाको कारण सशस्त्र प्रहरी अन्यत्र खटिनु परेपछि कपिलवस्तु कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबारदेखि नेपाली सेना खटिएको हो ।

भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । कोरोना महामरीको विशेष परिस्थितिलाई मध्यनजर गर्दै कारागारमा खटिएको सशस्त्र प्रहरीको टीमलाई सीमा सुरक्षामा परिचालन गनुपर्र्दा नेपाली सेनालाई खटाउने निर्णय नेपाल सरकारले गरेको प्रजिअ पौडेलले बताए ।

सरकारको निर्णयसँगै सोमबारदेखि कारागार कार्यालय कपिलवस्तुमा नेपाली सेनाको नारायण दल गुल्मका सेनानी ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा ४० जनालाई कारागार सुरक्षाको जिम्मा दिइएको छ । गुल्मले कारागारको बाहिरी सुरक्षाको जिम्मा लिइएको हो । कपिलवस्तु कारागारमा २ सय क्षमता रहेकोमा ४ सय २८ जना कैदी बन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment