Comments Add Comment

प्रदेश १ मा थपिए २६ जना काेराेना संक्रमित

फाइल तस्वीर

१ असार, विराटनगर । प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका संक्रमित मध्ये २२ जना मोरङका छन् भने सुनसरीका र झापाका २/२ जना छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको सुनवर्षी गरपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ । मोरङकै केराबारी गाउँपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार सुनवर्षी– ८ हरिचनगढीमा रहेको मदरसामा बस्दै आएका १९ जना र मस्जिदमा बस्दै आएका २ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएकाहरु हुन् ।

सोमबार २६ जना कोरोना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment