Comments Add Comment

पोखराकी एक्ली आन्दोलनकारी

२ असार, पोखरा । बिहीबार पोखरा सहिद चोकमा सरकारविरुद्धमा युवाहरु सडकमा उत्रिए । सामाजिक सञ्जालको ग्रुपमा जोडिएर सडकसम्म आइपुगेका उनीहरुको माग थियो, ‘कोरोना रोकथाममा गरेको १० अर्बको हिसाब देऊ ! आरडीटी होइन, पीसीआर परीक्षण बढाऊ !’

एकघण्टा सडकम शान्तपूर्ण प्रदर्शन गरे र विदा भए । पोखरा ६ की शिरिष गुरुङ ‘निदाएको नाटक’ गरिरहेको सरकारलाई उठाउन ‘एक दिन’ले मात्रै नपुग्ने बताउँछिन् । उनलाई लाग्छ, जहिलेसम्म सरकार ब्युँझदैन, तबसम्म झक्झकाइराख्नुपर्छ । नत्र सुतिरहेको सरकारको मूल्य जनताले नै तिर्नुपर्छ ।’

त्यसैले उनी सरकारविरुद्ध एक्लै सडकमा उत्रिएकी छिन् । सरकारलाई जवाफदेही बनाउन भन्दै एक्लै धर्ना बसिरहेकी छिन् ।

उनी हरेक दिन १२ बजेदेखि ३ बजेसम्म इनफ इज इनफ लेखिएको प्ले कार्ड लिएर जिल्ला प्रशासन कार्यालय अघिको चौतारीमा एक्लै धर्ना बस्ने गरेकी छन् । अझै कति दिन बस्ने ? उनलाई नै थाहा छैन । भनिन्, ‘अहिले म एक्लै देखिएकोमात्रै हो । तर, भोलि सबैले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’

कोरोना भाइरस नियन्त्रणमा सरकार संवेदनशील भएर लाग्नुपर्ने र त्यसका लागि जनस्तरबाटै दबाब दिनुपर्ने उनी बताउँछन् । ‘यो कुनै दलगत स्वार्थको कुरा होइन, समग्र नेपाल र नेपालीको भविष्यको कुरा हो । त्यसकारण यस विषयमा सबै एकजुट भएर लाग्न जरुरी छ,’ उनी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment