Comments Add Comment

प्रदेश १ मा १४ जना कोरोना संक्रमित थपिए

३ असार, विराटनगर । प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ र उदयपुरका गरी १४ जना संक्रमित थपिएका छन् ।

मोरङको रतुवामाई नगरपालिकामा ९ जना, झापाको झापा गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितमध्ये १८१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment