Comments Add Comment

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, ४९४ जना डिस्चार्ज

३ असार, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणबाट बुधबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमति स्रख्या ११०४ पुगेको हो ।

थपिएका संक्रमितमध्ये कालीकोटका १४, दैलेखका २ र सुर्खेतका २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

डा. तिवारीका अनुसार बुधबार पुष्टि भएका संक्रमितमध्ये कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ५ का दुई महिलासहित १४ जना रहेका छन ।

सुर्खेतको वीरेन्ऽनगर नगरपालिकाका ५, लेकबेसी नगरपालिका ३, दैलेखको भैरवी गाउँपालिका ७ र भगवतीमाई गाउँपालिका ७ का एक/एकजना पुरुष रहेका छन् ।

हालसम्म कर्णालीमा संक्रमितमध्ये ४५ प्रतिशत अर्थात ४९४ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये केही निको भएर घर फर्किएका हुन् भने केहीलाई परीक्षणविनै डिस्चार्ज गरिएको छ ।

बुधबार मात्रै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १०६ जना, नारायण क्याम्पस र जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट ३ जना गरी १५२ जना डिस्चार्ज भएका छन् ।

कर्णालीमा हालसम्म ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment