Comments Add Comment

प्रदेश २ मा एकैदिन थपिए ३४८ जना कोरोना संक्रमित

३ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २१ जना महिलासहित ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा महोत्तरीका २००, रौतहटका १११, धनुषाका २६, सर्लाहीका ६, बाराका ४ र सिराहाका एक जना छन् ।

महोत्तरीको सम्सी गाउँपालिकाका १ देखि ६० वर्ष उमेर समूहका १७६ जना पुरुष र ६ वर्षीया बालिकासहित १९ देखि ४० वर्ष उमेर समूहका ६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

महोत्तरीकै बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र अन्य २ जना संक्रमितको विवरण खुल्न सकेको छैन। सिराहाको भगवानपुर गाउँपालिकाका १७ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको छ । धनुषामा २ जना महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिकाकी ३२ वर्षीया एक महिला, २४, ३६ र ५० वर्षीय ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । सर्लाहीकै मलंगवा नगरपालिका ३८ र ४८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिकाका ४५ वर्षीया एक महिला, १ देखि १८ वर्ष उमेर समूहका ७ जना पुरुष र १९ देखि ६० वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटकै दोवाही गोनाही नगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटकै मौलापुर नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समूहका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

रौतहटकै ईशनाथ नगरपालिकाका १३ महिनाका एक जना बालक, ८ र १५ वर्षीया दुई जना बालिका, २५ र ३२ वर्षीया दुई जना महिला र २३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

रौतहटकै बौधीमाई नगरपालिकाका ११ र १२ वर्षीय दुई जना बालक र १९ देखि ५१ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्ला उल्लेख भए पनि ठेगाना खुल्न नसकेका ३५ वर्षका ३ जना महिला र ४ वर्षीया एक बालिका, १ देखि ६० वर्षका ५७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बारा जिल्लाको पचरौता नगरपालिकाका ३५ वर्षीय एक जना पुरुष, कलैयाका १९ वर्षीय एक जना पुरुष र सिमरौनगढ नगरपालिकाका १८ र ३८ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment