Comments Add Comment

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

३ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार कैलालीमा २० जना, डोटीमा ५ जना  तथा कञ्चनपुर, बझाङ र अछममा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

बुधबार थपिएका ३१ जना मध्ये बझाङ र कैलालीमा १/१ जना महिला र अन्य २९ जना पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । यससँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३७८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment