Comments Add Comment

अवैध रुपमा भारत लैजाँदै गरेको डिजेलसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

४ असार, काठमाडौं । भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवस्थामा एक हजार लिटर डिजेल पर्सा प्रहरीले बरामद गरेको छ ।

ना १ त ४५४३ नम्बरको ट्याक्टरमा लोड गरी अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको डिजेलसहित ट्याक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–३ स्थित जयमंगलापुरबाट डिजेलसहित करिब ३ लाख ७३ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

छिपहरमाई गाउँपालिका–५ बस्ने २३ वर्षीय ट्याक्टर चालक सन्तोष पटेललाई समेत नियन्त्रणमा लिएर बरामद गरिएका डिजेलसहितको सामानलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment