Comments Add Comment

सुनसान विमानस्थलमा थन्किएका जहाज [ फोटो फिचर ]

४ असार, काठमाडौं । दैनिक करिब ४ सय उडान-अवतरण, आकाशमा एक घण्टासम्म जहाज होल्ड, ग्राउण्डमा उकुसमुकस यात्रु, ट्याक्सी र मोटरसाइकलको थामिनसक्नु भिड, त्रिभुवन विमानस्थलमा साविकका यी गतिविधि देख्न नपाएको तीन महिना नाघिसक्यो ।

पछिल्ला दिनमा विदेशमा अड्किएका नेपालीहरूको उद्धारको काम प्रारम्भ भएसँगै केही गतिविधि विमानस्थलमा सुरु भएको छ। तर खासगरी आन्तरिक उडान र हेलिकप्टर भने विमानस्थलमा थन्किएर बसेका छन् ।

त्रिभुवन विमानस्थलमा उडान–अवतरण छिट्टै सुरु हुने अनुमानसहित पूर्वाधारको सबै तयारी गरिएको छ । तर सरकारले पछिल्लो पटक थप २१ दिनसम्म सबै व्यावसायिक हवाई उडान–अवतरणमाथि प्रतिबन्ध लगाएपछि जहाजहरू विमानस्थलमा घाम ताप्न बाध्य भएका हुन् ।

यसले एकातर्फ विमानस्थलको आम्दानी गुमेको छ भने अर्कोतर्फ एयरलाइन्स कम्पनीले समेत दैनिक करोडौं रुपैयाँको व्यापार गुमाइरहेका छन् ।

एयरलाइन्स कम्पनी र विमानस्थल भने विश्व स्वास्थ्य संगठन र नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको सुरक्षा मापदण्ड कायम गरी उडान अवतरण सञ्चालन गर्न तयारी अवस्थामा छन् । नेपालमा डेढ दर्जन वायुसेवा कम्पनीले हेलिकप्टर तथा नियमित हवाई सेवा उपलब्ध गराउँछन् ।

त्यसपछि लकडाउनको बीचमा अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मात्र चार्टर्ड उडानमार्फत केही व्यापार प्राप्त गरेका छन् । आन्तरिक उडानका जहाज भने थन्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment