Comments Add Comment

विराटनगरमा आठ महिने शिशुमा कोरोना संक्रमण पुष्टि

४ असार, विराटनगर । विराटनगरमा आठ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि भारतको सिलगुढीबाट विराटनगर– १३ घर आएकी ३६ वर्षीया महिलामा बिहीबार कोरोना पोजेटिभ देखिएको थियो । आमामा संक्रमण देखिएपछि परीक्षण गर्दा ८ महिने शिशुमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा बच्चाको पनि रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
सिलगुढीबाट फर्किएकी महिला होम क्वारेन्टिनमा थिइन् । वडा कार्यालयको सिफारिसमा महानगरपालिकाले उनलाई होम क्वारेन्टिनमा बस्न अनुमति दिएको थियो । बिहीबार आमाको रिपोर्ट पोजेटिभ देखिएपछि महानगरले शिशुको पनि स्वाब संकलन गरेको थियो ।

आमा छोरामा कोरोना पोजेटिभ देखिएपछि महानगरपालिकाले विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पठाएको छ । संक्रमित महिलाको कन्ट्याक ट्रेसिङ शुक्रबार गर्ने महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

आठ महिने शिशुमा संक्रमण देखिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ । ती मध्ये २२४ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment