Comments Add Comment

बैंकसम्म पुग्नै पर्ने बाध्यता छैन, यसरी गर्नुस् सानिमा बैंकको डिजिटल कारोबार

५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण करिब ३ महिनासम्म भएको लकडाउन अझै आंशिक रुपमा कायमै रहेको छ ।

सुरक्षाका हिसाबले होस या पहुँचका हिसाबले, यस्ताे बेलामा बैंकिङ कारोबार गर्नका लागि बैंकको शाखा कार्यालयसम्म जानका लागि सहज छैन ।

पछिल्लो समय बैंकिङ कारोबारका लागि शाखा कार्यालयसम्मै पुग्नु पर्ने बाध्यता भने हटेको छ । डिजिटल कारोबारबारे ज्ञान हुने हो भने बैंकसम्म नपुगि नै कारोबार गर्न सकिनेछ ।

ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी सानिमा बैंकले घरैबाट सजिलै कारोबार गर्न सकिने गरी डिजिटल च्यानलहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

उक्त केही डिजिटल च्यानलहरु प्रयोग गरी सुरक्षित रुपमा वित्तीय कारोबार गर्न सकिन्छ । सानिमा बैंकका डिजिटल सेवाबारे यहाँ चर्चा गरौँः

अनलाईन खाता खोल्न सकिने : सानिमा बैंकको ग्राहकमैत्री प्ल्याटफर्ममार्फत् घरबाटै आफैं खाता खोल्न सकिन्छ जहाँ आवश्यक कागजातहरु जस्तै केवाईसी फर्म, नागरिकताको प्रतिलिपि, फोटो आदि अपलोड गर्न सकिने सुविधा रहेको छ । यसरी खाता खोली सकेपछि आफ्नो ईमेलमा खाता नम्बर प्राप्त गर्नुहुनेछ ।

आफ्नो आधिकारिक हस्ताक्षर र कागजात प्रमाणीकरणका लागि भने बैंकको शाखा एकपटक पुग्नुपर्ने हुन्छ । तपाईंको आवश्यकता अनुसार बैंकमा सम्पर्क गरी बैंकका प्रतिनिधिमार्फत् घरमै यो सेवा उपलब्ध हुनेछ । सन् २०१६ देखि शुरु भएको यो सेवामा ग्राहकहरुको उत्साहजनक सहभागिताका कारण ग्राहक रिभ्युमा ५ मा ४.३ प्राप्त गरेको बैंकको भनाइ छ ।

अनलाईन मुद्दती खाता : बैंकका लामो समयसम्म बचत खातामा रहेको रकमबाट अधिकतम ब्याज प्राप्त गर्नको लागि अनलाईनबाटै आफ्नो बचत खाताको रकम मुद्दती खातामा ट्रान्सफर गर्न सकिन्छ । सानिमा बैंककोे मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्गमा गई केही सरल प्रक्रियाबाट तुरुन्त मुद्दती खाता खोल्न सकिन्छ ।

सानिमा बैंकको वेभसाइट मार्फत् https:www.sanimabank.com/fixed-deposit-interest-calculator मा लगइन गरी मुद्दती खाता खोल्न सकिन्छ भने बैंकको मोबाइल बैंकिङ्ग एप मा गई एप्स लगइनमा फिक्स्ड डिपोजिट क्लिक गरी मोबाइलबाट पनि मुद्दती खाता खोल्न सकिन्छ ।

एटीएमबाट निःशुल्क पैसा झिक्न सकिने : सानिमा बैंकको भिजा डेबिट कार्डबाट अन्य कुनै पनि बैंकको एटीएम काउन्टरबाट निःशुल्क रकम झिक्न सकिन्छ ।

अनलाईनबाट भिसा डेबिट कार्ड रिक्वेस्ट : सानिमा बैंकको वेभसाइट लगइन गरी बैंकका ग्राहकहरुले घरैबाट डेबिट कार्डको रिक्वेस्ट पठाउन सक्नुहुनेछ जसको लागि https://cardrequest.sanimabank.com/ र लगइन गर्नुपर्नेछ । साथै मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्ग लगईन गरी रिक्वेष्टमा कार्ड रिक्वेष्ट गरी डेबिट कार्डको रिक्वेस्ट गर्न सकिन्छ ।

विभिन्न मर्चेन्टहरुसँग सहकार्य :  हस्पिटल, अनलाइन सेवाप्रदायक, रेष्टुरेन्ट तथा मार्टहरुसँगको सहकार्यमा सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटमा घरमै खाद्यान्न, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने व्यवस्था मिलाएको छ । यसैगरी डा. साथी, ई फार्मेसी जस्तो फार्मेसीबाट अनलाइन अडर गरी विशेष छुटमा प्रेसकिप्सनअनुसार औषधीहरु पनि घरमै डेलिभरी हुनेछ ।

सातै दिन कल सेन्टर सुविधा : ग्राहकको डिजिटल/अनलाइन कारोबार सम्बन्धी समस्याको हलका लागि बैंकका कल सेन्टर प्रतिनिधिहरु लकडाउनको समयमा पनि हप्ताको सातै दिन २४सै घण्टा उपलब्ध हुनेछन् ।

यसका साथै सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्ग र बैंकको वेभसाइटमा गई कारोबारको क्रममा आएका समस्या वा बैंकका विभिन्न सेवाहरुबारे जिज्ञासाको समाधान प्राप्त गर्न सकिन्छ ।

बैंकको वेभसाइटमा गई वा https://www.sanimabank.com/digital-banking-inquiry लिंक प्रयोग गरी मोबाइल बैंकिङ्ग एपबाट आफ्ना समस्या तथा जिज्ञासा राख्नको लागि मोबाइल बैंकिङ्ग एप लगइन गरी डिजिटल बैंकिङ्ग इन्क्वाइरीमा गई समस्या तथा जिज्ञासा राखेमा बैंकका प्रतिनिधिले सम्पर्क गरी समस्या समाधान गर्नेछन् ।

घरैबाट व्यावसायिक भुक्तानी : यसका साथै बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी बिजुली, खानेपानी, केबल टिभी, डिटिएचको बिल भुक्तानी, मोबाइल रिचार्ज, फण्ड ट्रान्सफर पनि तुरुन्त गर्न सकिनेछ । यसरी अत्यावश्यक अधिकांश वित्तीय कारोबार घरबाटै सुरक्षित रुपमा गर्न सकिने हुँदा आफ्ना ग्राहकहरु सम्भावित जोखिमबाट सुरक्षित रहन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment