Comments Add Comment

वेब फोन्टेनद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

वेब फोन्टेनले गत असार २ गते पाटन अस्पताललाई चिकित्सा सामग्रीहरू र पीपीई उपकरणहरू हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि वेब फन्टेनले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा वेब फन्टेन नेपालका प्रोजेक्ट म्यानेजर स्ट्यान राइटले यो प्रोजेक्ट सामग्री आयात र निर्यातको प्रक्रिया सरलीकरणका लागि निर्माण गरिएको बताए ।

दुबईमा रहेको वेब फन्टेनले विश्व बैङ्कको आर्थिक सहायतामा नेपाल सरकारसँग काम गरिरहेको छ। राइटले मेडिकल सामग्रीहरू र पीपीई उपकरण कोभिड-१९ विरुद्ध लड्न पाटन अस्पताललाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए ।

यो काममा भन्सार विभाग र अन्य धेरै मन्त्रालय तथा विभागका साथै डाक्टर विष्णु शर्मा र प्रा.डा. पारसकुमार आचार्यले यो सहकार्यमा सहयोग गरेको वेब फन्टेनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment