Comments Add Comment

टेनिसका नम्बर एक खेलाडी जोकोभिक र उनकी पत्नीलाई कोरोना संक्रमण

१० असार, काठमाडौं । टेनिसका नम्बर एक खेलाडी नोभाक जोकोभिक र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । बेलग्रेड पुग्नासाथ उनको, उनको परिवारको र उनको टिमका सबै सदस्यहरुको कोरोना परीक्षण गराइएको थियो ।

परीक्षणको क्रममा जोकोभिक र उनकी पत्नीलाई कोरोना पोजेटिभ देखिएको तर उनीहरुको बच्चाको रिपोर्ट नेगेटिभ देखिएको जोकोभिकले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

उनीभन्दा अगाडि ग्रिगोर डिभित्रोव, बोरना कोरिक र विक्टर ट्रोइस्कीलाई एड्रिया टुरपछि कोरोना संक्रमण पुष्टि भएको थियो । यो प्रतिस्पर्धा जोकोभिकले नै आयोजना गरेका थिए । उनले तीन टेनिस खेलाडीलाई संक्रमण पुष्टि भएको थाहा पाएपछि आफू दुःखी भएको बताएका थिए ।

ब्रिटेनका डेन इवासले तीन खेलाडीलाई संक्रमण पुष्टि हुनासाथ शीर्ष वरियतामा रहेका जोकोभिकले यस इभेन्ट आयोजनाको विषयमा केही जिम्मेवारी महसुस गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment