Comments Add Comment

सार्वजनिक स्थानमा योगा गर्ने अनौठो तरिका

१२ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले मानिसको आनीबानीमा धेरै परिर्वतन ल्याएको छ । कतिसम्म भने योगमा समेत परिर्वतन ल्याएको छ । धेरै मानिसले घरभित्रै योगा गर्न थाले ।

कतिपय भने घरबाहिर निस्किन थालेका छन् । तर मास्कको प्रयोग र सामाजिक दुरी कायम राख्ने जस्ता सावधानीका उपाय भने अझै पनि लामो समयसम्म जारी राख्नुपर्ने बाध्यता छ । यसका लागि नयाँ तरिका प्रयोग हुन थालेको छ । त्यो हो, डोम्बमा योग गर्नु ।

क्यानडाको टोरोन्टोमा एक पोप-अप योग स्टुडियो निर्माण गरिएको छ । क्यानडाले मानिसहरुलाई घरभन्दा बाहिर योग गर्नका लागि एक क्षेत्र तोकेको छ । यहाँ एक गोलाकार घेराभित्र प्लास्टिकले ढाकिएका योग गर्ने स्थानहरु छन् । जहाँ मानिसले योग गर्न सकिन्छ र कोरोना भाइरसको जोखिम पनि हुन्न । योग गर्दा मास्क लगाउनु पनि पर्दैन ।

यस्ता पोडहरुमा सन्तुलिन किसिमको तापक्रम मिलाइएको हुन्छ, जसको कारण योग गर्दा गर्मी हुने समस्या पनि हुँदैन ।

पोडभन्दा बाहिर रहेका प्रशिक्षकले मानिसलाई योग गर्न सिकाउँछन् । योग गर्न आउने सबै मानिसको तापक्रम नापेर मात्र योग गर्ने स्थलमा प्रवेश गराइन्छ । यस किसिमका डोम्बहरु ११० वर्गमिटरको क्षेत्रमा निर्माण गरिएको हुन्छ । योग गर्ने स्थललाई राम्रोसँग सफा गर्ने र स्यानिटाइज्ड गर्ने गरिन्छ । यो स्टुडियो लामन्टस आउटडोर स्टुडियोले आयोजना गरेको हो । यो स्टुडियो जुलाईको अन्तिमसम्म जारी रहनेछ ।

स्रोत : याहु न्युज

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment