Comments Add Comment

सन् २०२० मा पहिलोपटक बढ्यो चीनको औद्योगिक नाफा

१४ असार, काठमाडौं । गत मे महिनामा सन् २०२० मा पहिलोपटक तीनको औद्योगिक नाफा बढेको छ । आइतबार चीनको तथ्यांक ब्युरोले दिएको जानकारी अनुसार मे महिनामा चिनियाँ उद्योगहरुले नाफा भएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

चिनियाँ उद्योगहरुको नाफा मे महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढेको हो । गत अप्रिल महिनामा चीनको औद्योगिक नाफा चार दशमलव ३ प्रतिशत घटेको थियो ।

तथ्यांक ब्यूरोले मे महिनाको सकारात्मक नतिजाले चीनमा व्यावसायिक गतिविधिमा बिस्तारै सुधार भइरहेको देखाएको उल्लेख गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि चीनले गत फेब्रृुअरीमा लकडाउनको घोषणा गरेको थियो । जसको कारण धेरै व्यवसायहरुले आफ्नो उत्पादन बन्द गरेका थिए । जसको कारण चीनको औद्योगिक नाफा पनि निन्तर ओरालो लाग्दै आएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment