Comments Add Comment

उत्तर कोरिया कोरोना संकट रोक्न सफल भयो : किम जोङ उन

१९ असार, काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा मुलुकलाई ‘चम्किलो सफलता’ मिलेको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार बुधबार सत्तारुढ वर्कर्स पार्टीको पोलिट्ब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले कोरोना भाइरसलाई रोक्दै अवस्था स्थिर राख्न सफल रहेको बताएका हुन् ।

६ महिनाअघि नै उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको समयमा नै आफ्नो सीमा बन्द गरेको थियो । साथै हजारौं मानिसहरुलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ ।

उत्तर कोरियाले जनवरीको अन्तिमदेखि नै कोरोना भाइरस नियन्त्रणको लागि तीव्र गतिमा आवश्यक कदम अघि सारेको थियो । यसैबीच उत्तर कोरियाले सार्वजनिक स्थलमा मानिसहरुलाई मास्क लगाउन अनिवार्य गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्तर कोरियामा सार्वजनिक स्थलम अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम लगाइएको बताएको हो ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म मुलुकमा केवल ९२२ जना मानिसको कोरोना भाइरसको परीक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ आएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment