Comments Add Comment

पलको हातमा डेढ दर्जन म्युजिक भिडियो, पारिश्रमिकमा २५ प्रतिशत छुट

लकडाउन खुकुलो भए पनि नेपाली चलचित्र क्षेत्रमा काम सुरु हुन सकेको छैन । तर म्युजिक भिडियोको छायाङ्कन भने सुरु भइसकेका छन् । केही म्युजिक भिडियो छायाङ्कन भएर पनि बजारमा आइसकेका छन् ।

म्युजिक भिडियो छायाङ्कन सुरु भएसँगै नायक पल शाहको व्यस्तता पनि ह्वात्तै बढेको छ । नायक पल शाहले लकडाउन खुकुलो भएपछि दुईवटा म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

तर उनलाई म्युजिक भिडियोको अफर भने प्रशस्त आइरहेको छ । पलका अनुसार उनले करिब डेढ दर्जन भिडियोमा काम गर्ने सहमति दिइसकेका छन् ।

पलले अनलाइनखबरसँग भने–‘मैले करिब डेढ दर्जन भिडियोमा काम गर्ने सहमति गरिसकेको छु । चलचित्रको काम तत्काल सुरु नभए तापनि भिडियोको काम पनि धमाधम भइरहेको छ ।’

सामाजिक दुरी कायम गरेर छायाङ्कन भइरहेकाले पनि भिडियोमा काम गर्न सहज छ। पलका अनुसार उनले अहिले आफूले लिँदै आएको पारिश्रमिकमा उनले केही कम गरेका छन् । उनले भने–‘पहिले लिएकोभन्दा करिब २०/२५ प्रतिशत कम पारिश्रमिकमा मैले काम गरेको छु ।’ पलले लकडाउनका कारण सबैको समस्या एउटै भएकाले पनि मिलेर काम गर्नुपर्ने बताए ।

पलले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २ र हृदयभरि’ रिलिजको लागि तयार छन् । तर चलचित्रको बजार कहिलेबाट खुल्छ यकिन छैन । तर पल भने म्युजिक भिडियोमा व्यस्त हुन थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment