Comments Add Comment

छत्तिसगढमा सरकारले किन्दैछ गोबर, १ किलोको साढे २ रुपैयाँ

हामी कहाँ सरकारले किसानको गोठबाट उत्पादन हुने गाइँभैँसीको दुध समेत खरीद नगरी दिँदा किसानहरु बेला बेलामा सडकमा दुध बगाउन बाध्य हुन्छन् । तर भारतको छत्तिसगढमा चाहीँ सरकारले किसानका गोठहरुबाट गाइवस्तुको गोबर किन्दैछ ।

छत्तिसगढ सरकारले डेढ रुपैयाँ भारु प्रतिकिलोका दरले गाइवस्तु पालक किसानहरुबाट गोबर किन्न थालेको हो ।

गोबर खरीद गर्नका लागि सरकारले मन्त्रीमण्डलीय उपसमिति गठन गरेको थियो र सोही उपसमितिले किसानबाट खरीद गरिने गोबरको मूल्य निर्धारण गरेको हो ।

छत्तिसगढका कृषिमन्त्री तथा उपसमितिका अध्यक्ष रविन्द्र चौबेले आगामी जुलाई २१ मा पर्ने हरेली पर्वको दिनदेखि किसानबाट गोबर खरीद गरिने घोषणा गरेका छन् । राज्य सरकारले गोधन न्याय योजना अन्तर्गत किसानबाट गोबर खरीद गर्न लागेको हो ।

छत्तिसगढका मुख्यमन्त्रीका अनुसार पशुपालनलाई व्यवसायिक रुपले फाइदाजनक बनाउने, सडकमा छाडा पशुको समस्या निर्मूल पार्ने तथा पर्यावरणको सुरक्षाका लागि गोबर खरीद गर्ने योजना अघि सारिएको हो ।

यद्यपि हरेक दिन खरीद गरिने गोबरको परिमाण, गोबर खरीदका लागि छुट्टाइएको कूल बजेट लगायतका विषयमा चाहीँ खुलाइएको छैन ।

सरकारले खरीद गरेको गोबरबाट कम्पोष्ट मल तयार पारी त्यसलाई कृषकहरुलाई नै सुपथ मूल्यमा बिक्रि गरिनेछ ।

हालका लागि ५ हजार वटा केन्द्रहरु मार्फत गोबर खरीद तथा मलखाद निर्माण गरिनेछ । यसबाट झण्डै साढे ४ लाख मानिसले रोजगारी पाउनेछन् ।

एक तथ्यांक अनुसार छत्तिसगढमा १ करोड ११ लाख ५८ हजार ६७६ वटा गाई तथा भैँसी रहेका छन् । एउटा गाईभैँसीले औषतमा दिनमा १० किलो गोबर उत्सर्जन गर्दछ ।

यस हिसाबले एक करोड गाईभैँसीको गोबर खरीद गर्दा समेत हरेक दिन १५ करोड भारु खर्च हुनेछ । जस अनुसार एक महिनामा ४५० करोड भारु तथा एक वर्षमा ५४ अर्ब भारु गोबर खरीदमा खर्च हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment