Comments Add Comment

कोरोनाबाट प्रभावित ६४ फिल्मको सूची निर्माता संघले बोर्डमा बुझायो(सूचीसहित)

चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ ।

कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायाङ्कन केही प्रतिशत मात्र सम्पन्न भएको छ।

निर्माता संघले बुझाएको सूचीमा छायाङ्कनमा जाने तयारीमा रहेका, विकास बोर्डमा नाम मात्र दर्ता गरेर बसेका चलचित्रको पनि नाम उल्लेख गरिएको छ । यसैले, यो विषयमा विकास बोर्डले गम्भीर रुपमा छानबिन गरी वास्तविक प्रभावित चलचित्रका निर्मातालाई सहयोग गर्नुपर्ने देखिन्छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसहितको टिमले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई ६४ वटा चलचित्रको नाम बुझाएको छ ।

कोभिडका कारण प्रभावित भन्दै निर्माता संघले चलचित्र विकास बोर्डमा बुझाएका चलचित्रहरूमा ‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, घनचक्कर, मनको बाँध, हिरो रिटर्न्स, माया बस्छकी के हो, झिंगे दाउ, उल्झन, पोखराकी काली, प्रेमगीत ३, सिमानामा काँडेतार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकाशे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षट्कोण, नालापानी, हेल्लो काशीराम, उफ यो मन, आरुषी, यो माया कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, सम्झना बिर्सना, सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एस्ट्रे, रेखा थापाको अनटाइटल प्रोजेक्ट, बद्री बहादुर, वडाध्यक्ष, चपली हाइट ३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै, हृदयभरि छन् ।

चलचित्र विकास बोर्डले कोभिडबाट प्रभावित भएका वास्तविक चलचित्रहरूलाई कस्तो राहतको प्याकेज ल्याउने हो, यो भने सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment