Comments Add Comment

म्युजिक भिडियोको धमाधम छायाङ्कन, फिल्मको कहिले ?

सरकारले लकडाउनलाई लुजडाउनमा परिणत गरे पनि चलचित्रको गतिविधि ठप्प नै छ। चलचित्रको छायाङ्कनका लागि कुनै निर्देशिका बनाइएको छैन । यसैले पनि चलचित्रकर्मीहरू छायाङ्कन नहुँदा कामविहीन भएर बसिरहेका छन् ।

चलचित्रको गतिविधि ठप्प भए पनि म्युजिक भिडियोको छायाङ्कन भने धमाधम भइरहेको छ । तीजको गीतमा दर्जन बढी मोडल र कोरस राखेर धमाधम छायाङ्कन भइरहेको छ।

तीज नजिकिँदै जाँदा अहिले गीतको भिडियो छायाङ्कन गर्ने क्रम पनि ह्वात्तै बढेको छ । राजधानीका पार्टी प्यालेसमा तीज गीतका छायाङ्कन गर्ने क्रम बढेको छ।

यस्तै, अन्य म्युजिक भिडियोमा पनि एक दर्जन टिमले काम गरिरहेको छ। तर चलचित्रका लागि भने सरकारले कुनै निर्देशिका बनाएको छैन । उसो त नेपाल सरकारले सुटिङका लागि अनुमति दिएको छैन । तर म्युजिक भिडियोको छायाङ्कन भने विनारोकतोक भइरहेका छन् ।

यसले केही कलाकार तथा प्राविधिकले काम पाइरहेका छन् । तर निर्देशिका बनाएर चलचित्रको पनि छायाङ्कन सुरु गर्ने अनुमति दिएको खण्डमा कामविहीन भएका कलाकार तथा प्राविधिक व्यस्त हुने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment