Comments Add Comment

कोरोना संक्रमित ब्राजिलका राष्ट्रपतिले बोल्ने क्रममा मास्क निकालेपछि… 

२४ असार, काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियोको विषयलाई लिएर ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना भइरहेको छ । उक्त भिडियोमा उनले सञ्चारकर्मीसँगको कुराकानीको क्रममा नाटकीय ढंगमा मास्क उतारेर बोलेको देखिएको छ । भिडियोमा बोल्सोनारो सञ्चारकर्मीसँगको कुराकानीमा एक कदमपछि हटेर मास्क निकाल्छन् र बोल्न सुरु गर्छन् । यो भिडियोमा उनले सबै कुरा ठीक चलिरहेको र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले आफू पूर्णरुपमा ठीक रहेको दाबी गरेका थिए । मास्क निकाल्नुभन्दा केही समयअघि मात्र उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका थिए ।

गत सोमबार उनले ब्राजिलमा मास्क लगाउने नियममा परिवर्तन गरेका थिए । उनले ब्राजिलमा मानिसहरुको भिडमा मास्क लगाउनु अनिवार्य गरेका थिए । उनले आफूलाई कोरोना भाइरसका विभिन्न लक्षणहरु पनि देखिएको बताएका थिए । उनले आफूलाई गाह्रो भएपछि हाइड्रोक्सिक्लोरोक्विन औषधि खाएको र अहिले केही सहज भएको बताएका थिए ।

बोल्सोनारोले कोरोना भाइरसको महामारी सुरु भएदेखि नै यसलाई एक ‘सामान्य फ्लु’ को संज्ञा दिँदै आएका छन् । उनको यो भनाइको निकै आलोचना हुँदै आएको छ ।

ब्राजिलमा कोरोना भाइरसका साढे १६ लाख संक्रमित फेला परिसकेका छन् । कोरोना भाइरसबाट भएको मृत्युको मामिलामा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुने मानिसको संख्याको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट ६६ हजार ७४१ जनाको मृत्यु भइसकेको छ । पहिलो स्थानमा अमेरिका छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment