Comments Add Comment

महासमिति सदस्य मल्ललाई पार्टीबाट निष्कासन गर्ने कांग्रेसको निर्णय

२४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर विधान-२०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम अनुशासन उल्लघंन गरेको समितिको ठहर छ ।

समितिले मल्ललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको अनुशासन समितिका सदस्य प्रेम केसीले जानकारी दिए ।

गत भदौमा कांग्रेसको जागरण अभियानका क्रममा खजुरा गाउँपालिका-२ मा आक्रमण हुँदा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको थियो । सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसले संसदमा समेत आवाज उठाएको थियो ।

तर बाँकेका तत्कालीन संगठन विभाग प्रमुख समेत रहेका मल्लले कोइरालामाथि भएको आक्रमणमा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment