Comments Add Comment

भानु माविको प्रशासनिक भवन उद्घाटन

२४ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका–२१ पहारिलोटारमा रहेको भानु माविको प्रशासनिक तथा पुस्तकालय भवन निर्माण पूरा भएको छ ।

भवनको वुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

भरतपुर महानगरपालिका, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र डीएलपीआईको एक करोड ४६ लाख रुपैयाँको लागतमा चार कोठे आधुनिक प्रशासनिक भवन र पुस्तकालय निर्माण गरिएको हो ।

विद्यालयले अघिल्लो बर्ष महायज्ञसमेत लगाएर रकम संकलन गरेको थियो । भवन उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दै अगाडि बढ्ने बताइन् ।

चालु आर्थिक वर्ष २०७६/७७ मा संघ, प्रदेश र महानगरको लगानीमा शिक्षा क्षेत्रको समग्र विकासमा १८ करोड रुपैयाँभन्दा बढी बजेट परिचालन गरिएको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षहरुमा शिक्षालाई प्राथमिकतामा राखिएको बताइन् ।

भरतपुर–२१ का अध्यक्ष चित्रसेन अधिकारीले विद्यालयको नवनिर्मित भवनसँगै शैक्षिक वातावरण विकासमा थप टेवा पुग्ने बताए ।

यो पनि पढ्नुहोस युवा नेतृत्वमा बुढो विद्यालयको कायापलट

पार्वतीपुरको स्वास्थ्य चौकी शिलान्यास

महानगर प्रमुख रेनु दाहालले सोही वडामा स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको शिलान्यास गरेकी छिन् । चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् ।

सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरी ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment