Comments Add Comment

बेलायत प्रवेश गर्दा ५७ मुलुकका पर्यटकले क्वारेन्टिनमा बस्नु नपर्ने

२६ असार, काठमाडौं । बेलायतले विभिन्न ५७ मुलुक र १४ ब्रिटिश समुद्रपार क्षेत्रबाट आउने पर्यटकहरुलाई १४ दिन क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । बेलायतले शुक्रबारदेखि लागू हुने गरी यो नियम ल्याएको हो । शुक्रबारदेखि बेलायत आउने फ्रान्स, इटाली, बेल्जियम, जर्मनी र अन्य दर्जनौं मुलुकका पर्यटकले १४ दिनको क्वारेन्टिन बिताउनुपर्ने छैन । यद्यपि पछिल्लो दुई साताभित्र यी मुलुकबाट आउन आएका मानिसहरु भने अहिले क्वारेन्टिनमा छन् ।

यद्यपि स्कटल्याण्डमा भने नियम केही फरक छ । स्कटल्याण्डमा भने स्पेनबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टिनमा बिताउनुपर्ने हुन्छ । बेलायतमा गत जुन महिनामा क्वारेन्टिनको नियम ल्याइएको थियो । यो नियम पालना नगर्ने पर्यटकहरुलाई एक हजार पाउण्ड स्टर्लिङ जरीवानाको व्यवस्था गरिएको थियो ।

यद्यपि परराष्ट्र मामिला कार्यालयले भने पानीजहाजबाट हुने यात्राबारे भने चेतावनी दिएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वको अधिकांश भागमा कोरोना भाइरस अहिले नियन्त्रणमा नरहेको र महामारीको अवस्था बिग्रिँदै गएको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसुसले अहिले पनि महामारी निरन्तर बढिरहेको बताएका छन् । उनका अनुसार पछिल्लो ६ सातामा कोरोना भाइरसका संक्रमितको संख्या दोब्बर बनेको छ ।

बेलायतमा भने कोरोना भाइरसका संक्रमितको संख्या घटिरहेका छन् । यससँगै सामाजिक प्रतिबन्धका नियमहरु पनि खुकुलो बनाइएको छ ।

स्रोत ः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment