Comments Add Comment

राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान

२६ असार काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजक्तवमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्य सचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

बैठकपछि शुक्रबार नै मन्त्रालयको वेब साइटमा सूचना जारी गरी दर्खास्त आह्वान गरिएको हो । कार्यविधि अनुसार सूचना सार्वजनिक भएको दिनदेखि सात दिनभित्र सदस्य सचिव बन्न चाहनेले कार्ययोजनासहित दरखास्त पेस गर्नुपर्नेछ ।

कार्ययोजनाको साथमा नेपाली नागरिकताको प्रतिलिपी, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण प्रमाणपत्रको प्रतिलिपी र खेलकुद क्षेत्रमा कम्तिमा पाँचवर्ष काम गरेको प्रतिलिपी पनि पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनाहरुलाई सिफारिस समितिले अध्ययन गर्ने र कुनै उमेदवारलाई सिफारिस समितिले थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाई छलफल गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

कार्ययोजना अध्ययन पश्चात समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीनजनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा सिफारिस गर्ने छ ।

नयाँ खेलकुद ऐन लागु भएपछि राखेपका तत्कालीन सदस्य सचिवलगायत सदस्य पदहरु रिक्त भएकोले नयाँ सदस्य सचिवको नियुक्ति प्रकृया सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment