Comments Add Comment

खोकनावासीद्वारा माइतीघरमा प्रदर्शन

२६ असार, काठमाडौं । सरकारले सञ्चालन गर्न लागेका विभिन्न आयोजनाले आफूहरूलाई उठिबास गराउन लागेको भन्दै खोकनावासीले विरोध प्रदर्शन गरेका छन् । जनसरोकार समिति खोकनाले काठमाडौं तराई मधेश द्रुतमार्गको प्रवेश विन्दु खोकनाबाट सानुपर्ने लगायतका माग राखेर शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

द्रुतमार्ग, १३२ केभी हाईटेन्सन लाईन, बाहिरी चक्रपथ, बागमती करिडोर लगायतका परियोजनाले स्थानीयलाई विस्थापित गर्न लागेको स्थानीयको गुनासो छ । जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोल विकास निर्माणका नाममा सरकारले नेवाः सम्पदा समाप्त पार्न लागेको बताउँछन् ।

यो पनि पढ्नुहोस किन जागे खोकनावासी ?

असार २० गते किसानहरूले आफ्नै नाममा लालपुर्जा भएको खेतमा धान रोप्न खोज्दा प्रहरी लगाएर सरकारले दमन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment