Comments Add Comment

२०७० सालदेखि गोरे समूहमा थिए हरिशरण

२७ असार, विराटनगर । । दुबईमा पक्राउ परेका ३३ किलो सुनकाण्डका आरोपी हरिशरण खड्कालाई काठमाडौं ल्याएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई शनिबार काठमाडौं ल्याएको हो ।

अब थुनछेक बहसका लागि जिल्ला अदालत मोरङमा पेस गरिनेछ ।

खड्कासहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा चलिरहेको छ ।

यो मुद्दाका मुख्य आरोपी चुणमणि उप्रेती उर्फ गोरेसहित मुख्य आरोपीहरु अहिले पनि पूर्पक्षका लागि थुनामा छन् ।

२०७० सालदेखि गोरेको समूहमा

काभ्रेपलान्चोक वेथानचोक गाउँपालिका- ४ का खड्का १० वर्ष अघि युएई गएका थिए । प्रहरीले अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख भए अनुसार हरिशरणले गोरेको समुहमा २०७० सालमा प्रवेश गरेका थिए ।

सहयोगीको रुपमा प्रवेश गरेका खड्कापछि सुन खरिदमा लगानी पनि गर्थे । एकदशक यता दुबई बस्दै आएका हरिशरण गारेका भाइ रमेश, बेनु श्रेष्ठ, सन्दीप खड्का, प्रयास पराजुली, कमल कार्की, संजय अधिकारी, संजय खरेल, शिवानी खरेल, चेतन भन्ने चेतनाथ भण्डारी, शिवकुमार गुभाजु, समिर अधिकारीसहित दुबईबाट सुन ल्याउने र खरिद गर्न सक्रिय थिए । उनीहरुले भरिया, खरिदकर्ता, व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।

उप्रेतीले आपराधिक सञ्जाल विस्तारका क्रममा दुबईमा खड्कालाई लगानीकर्ताको रुपमा सहभागि गराउँदा नेपालमा चाचाजी भन्ने महावीरप्रसाद गोल्यान, सुनिल श्रेष्ठ, रामहरि कार्की, रोशन भुषाल भन्ने गुप्तलाल भुषाल, प्रमोद श्रेष्ठ, राजेन्ऽकुमार शाक्य, अर्जुनप्रसाद खरेल, बिष्णुप्रसाद सुवेदी, रुविन भन्ने रामप्रताप खड्का, गंगाप्रसाद भुर्तेल, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ, गीता श्रेष्ठ, काले/कालु/किसन भन्ने कृष्ण गोपाल अग्रवालले खरिद गर्ने र नेपालबाट पैसाको व्यवस्था गर्ने काम गर्ने गरेको अभियोग पत्रमा उल्लेख छ ।

अभियोग पत्रमा गरिएको दाबी अनुसार खड्काको संलग्नता तत्कालिन तस्करको समूहका लेखापाल सनम शाक्यले हिसाब राखेको रजिस्टारमा पनि उल्लेख छ ।

२०७४ माघ पहिलो साता दुबईबाट आएकोसाढे ३३ किलो सुन चोरी भएपछि गोरे समूहले फगुन १७ गते मोरङको उर्लाबारीस्थिति मंगलबारे जंगलमा शाक्यको हत्या गरेको थियो । शाक्यको शव भोलिपल्ट विराटनगरमा स्करपियो भित्र भेटिएको थियो ।

शाक्यको हत्याको अनुसन्धानका क्रममा गोरे समूहले गर्दै आएको सुन तस्करीको पोल खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment