Comments Add Comment

दुनियाँकै असल सासू, ज्वाइँका लागि बनाइन् ६७ परिकार

हामीले खानेकुराको कुरा गर्दा ८४ व्यञ्जन भनेको त खुबै सुनेका छौँ । तर हामीले ८४ व्यञ्जन खानेकुरा चाख्न पाउनु त परको कुरा ८४ व्यञ्जनभित्र के के पर्दछन् भन्ने कुरा समेत थाहा छैन होला । थाहा होस् पनि कसरी ? २/४ परिकारमै छाक टार्ने मध्यमवर्गीय नेपालीहरुको संख्या धेरै छ ।

हाम्रो समाजमा एउटा परम्परागत मान्यता तथा प्रचलन यस्तो छ कि ज्वाइँलाई ससुरालीमा मनग्गे परिकार खुवाएर सम्मान गरिन्छ । तर जतिधेरै परिकार खुवाएपनि ८४ व्यञ्जन खान पाउने ज्वाइँहरु सायदै कोही होलान् । उता छिमेकी मुलुक भारतमा चाहीँ एकजना ज्वाइँले झण्डै झण्डै ८४ व्यञ्जन चाख्न पाए ससुरालीमा । ती ज्वाइँका लागि उनकी सासुले ६७ व्यञ्जन पकवान तयार पारिन् ।

भारतको आन्ध्रप्रदेशमा आफ्नो ज्वाइँका लागि ६७ थरीका परिकार तयार गर्ने एक महिलालाई दुनियाकै असल सासु भन्न थालेका छन् सोसल मिडियामा । आन्ध्र प्रदेशमा मनाइने ज्वाइँ षष्टी नामक विशेष पर्वका क्रममा ती महिलाले ६७ व्यञ्जन खुवाएकी हुन् आफ्नो ज्वाइँलाई ।

उनले आफुले बनाएका ६७ परिकारलाई केराका पातमा पस्किएर ज्वाइँलाई टक्राइन् । ती सासुआमाको उक्त भिडियो सोसल मिडियामा निकै चर्चित बनिरहेको छ । ६७ व्यञ्जनमा पेय, स्टार्टर्स, चाट, मूख्य भोजन तथा मिठाई गरी ५ वर्गका खानेकुरा छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment