Comments Add Comment

निलो लाभा निकाल्ने दुनियाँको एक मात्र ज्वालामुखी !

अहिले विश्वमा कोरोना भाइरसको महामारी चलिरहेको छ । दिनहुँ हजारौँ मानिसको मृत्यु भइरहेको छ । तर, यसबीचमा दुनियाँमा अनेकन रहस्यमय घटनाहरु पनि भैरहेका छन् ।

हालै इण्डोनेसियामा विस्फोट भएको एक ज्वालामुखीले विज्ञान जगतमै नयाँ रहस्यको सिर्जना गरेको छ ।

उक्त ज्वालामूखीबाट निस्केको लाभा रातको समयमा निलो रङको देखियो । आमरुपमा ज्वालामुखीमा निस्कने लाभाको रङ आगोजस्तै अर्थात् सुनौलो पहेँलो हुन्छ । जब लाभा सेलाउँछ तब खरानी बन्दछ, कालो । इण्डोनेसियामा आगो रङको साटो निलो रङको लाभा निस्किएपछि सबै आश्चर्यमा परे ।

इण्डोनेसियाको बनयुवांगीस्थित काभा इजेन ज्वालामूखी संसारकै अनौठो ज्वालामुखी बनेको छ । हालैका दिनहरुमा उक्त ज्वालामूखीबाट नीलो रङको लाभा निस्किरहेको छ ।

संसारमा पहिलोपटक देखिएको नीलो रङको लाभा देख्नमा चाहीँ निकै सुन्दर छ । फ्रेन्च फोटोग्राफर ओलिभर ग्रुनेवाल्डले उक्त ज्वालामूखीका सुन्दर तस्वीरहरु सोसल मिडियामा पोष्ट गर्ने गरेका छन् ।

उनका अनुसार निलो रङको लाभाबाट कुनै खतरा छैन । त्यो वास्तवमा असली लाभा नै नरहेको उनको दाबी छ । जब ज्वालामूखीका दरारबाट सल्फ्युरिक अम्ल बाहिर आउँदछ तब त्यो अम्ल अक्सिजनसँग सम्पर्कमा आउँदा ज्वालाको रङ निलो बन्दछ ।

उनका अनुसार त्योसँगै तरल सल्फर लगातार जल्दछ र त्यो पहाडको भिरालोबाट तल झर्दछ । त्यसैले त्यो लाभाजस्तै देखिएपनि वास्तवमा लाभा होइन ।

स्मरण रहोस् कावा इजेन ज्वालामूखीमा पृथ्वीकै सबैभन्दा ठूलो अम्लीय क्रेटर रहेको छ । त्यसमा हाइड्रोक्लोरिक अम्लको मात्रा निकै धेरै छ । ज्वालामुखीबाट निस्कने ग्यास उक्त तलाउको पानीसँग रासायनिक प्रतिक्रिया गर्दछन् जसका कारण पानीको अम्लीयपना झनै बढ्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment