Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण पाँच सयजनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म दुई लाख ५४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने १० हजार २८९ जनाको मृत्यु भएको छ । तामिलनाडुमा एक लाख ३८ हजारभन्दा धेरै संक्रमित फेला पर्दा अहिलेसम्म एक हजार ९६६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि एक लाख १२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तीन हजार ३७१ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा पाँच लाख ५३ हजार ४७१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment