Comments Add Comment

अब मोबाइल एपमा पनि शब्दकोश

२९ असार, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले मोबाइल एपमा पनि शब्दकोश ल्याएको छ । २०७ औं जन्मजयन्तीको अवसरमा मोबाइल एपमा पनि शब्दकोश ल्याएको हो ।

सोमबार प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको मोबाइलमा एप डाउनलोड गरिदिएर एपको सुरुआत गरिएको छ । मन्त्री भट्टराईको मोबाइलमा इन्जिनियर श्रीष पाण्डेले शब्दकोशको एप डाउनलोड गरिदिएका थिए ।

एपमा हाल ६४ हजार शब्द रहेको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । चालु आर्थिक वर्षमा कम्तिमा डेढ लाख शब्द समेटेर प्रज्ञा वृहत नेपाली शब्दकोश निर्माण गरी सार्वजनिक गर्ने कुलपति उप्रेतीले बताए ।

नयाँ नेपाली शब्दकोश मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment