Comments Add Comment

हिरा जडित मास्क, मूल्य साढे ६ लाख

Photo Credit : ANI

कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा नाक–मुख छोप्ने मास्कको व्यापार खुबै चम्किएको छ ।

कैयन् मुलुकहरुमा आमा मानिसहरुलाई मास्क लगाउनै पर्ने कडा नियम सरकारले बनाएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै बनाएर अनेक खालका मास्कहरु लगाउने गरेका छन् । मास्क अनिवार्य बन्दै गर्दा पछिल्लो समयमा यसले फेसनको रुप लिन थालेको छ ।

भारतको सुरतस्थित एक गहना पसलले हिराजडित मास्क बनाएर बेच्न सुरु गरेको छ ।

यसअघि सुनजडित मास्क बेचिसकेको उक्त गहना पसलले तयार पारेका हिरायुक्त मास्कको मूल्य डेढ लाख भारुदेखि ४ लाख भारुसम्म पर्दछ ।

गहना पसले दिपक चोक्सीका अनुसार सरकारी निर्देशिका अनुसार नै मास्कहरु कपडाबाटै बनाइएको छ । कपडाको बीच बीचमा सुन र हिरा जडान गरिएको छ ।

पहेँलो सुन र अमेरिकन हिरा जडित मास्कको मूल्य डेढ लाख भारु तोकिएको छ । त्यस्तै सेतो सुन र असली हिरा जडित मास्कको मूल्य चाहीँ ४ लाख भारु पर्दछ ।

एकजना ग्राहकले घरबाटै गरिने बिहेका क्रममा बेहुला र बेहुलीका लागि विशेष खालको मास्क बनाइदिन आग्रह गरेपछि आफुलाई सुन तथा हिरायुक्त मास्क बनाउने आइडिया आएको दिपक बताउँछन् ।

ती ग्राहकको माग अनुसार उनले डिजाइनरलाई उपयुक्त मास्क डिजाइन गर्न लगाए र हिरा तथा सुन जडित मास्कको दुई थान उत्पादन गरे सुरुमा । बेहुला र बेहुलीका लागि बनाएको मास्क खुबै मन पराइएपछि उनले सुन तथा हिराजडित थप मास्क उत्पादन गरेका छन् ।

उनका अनुसार मास्कमा प्रयोग गरिएका सुन तथा हिरा त्यसबाट निकालेर अन्य गहनाका लागि समेत प्रयोग गर्न सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment