Comments Add Comment

रियल मड्रिडले जित्याे ला लिगा उपाधि

२ साउन, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा भियारियाललाई २(१ ले पराजित गर्दै रियलले एक खेल अगावै उपाधि जितेको हो ।

रियलको जितमा करिम बेन्जामाले दुवै गोल गरे । भियारियलका लागि भिसेन्टे आईबोराले एक गोल फर्काए । रियलका मार्काे असेन्सियोले गरेको गोल भिएआरले मान्यता दिएन ।

दोस्रो स्थानको बार्सिलोना भने ओसासुनासँग घरेलु मैदानमा २(१ ले पराजित भयो ।

बार्सिलोना पराजित भएपछि रियलले ७ अंकको अग्रता बनाएको छ । कप्तान लिओनल मेसीले गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment